दोहोरो अंकले बढ्यो शेयर बजार – Nepal Press

दोहोरो अंकले बढ्यो शेयर बजार

काठमाडौं । साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले बढेको छ ।

आइतबार नेप्से परिसूचक १४.८१ अंकले बढेर २०८०.८६ बिन्दुमा कायम भएको छ । आजको दिन बजारमा ९७ लाख १८ हजार ७५४ कित्ता सेयरको खरिदबिक्री हुदाँ ३ अर्ब १ करोड ८४ लाख ६० हजार ५१२ रुपैयाँको कारोबार भएको छ ।

आजको कारोबारमा थ्रि स्टार हाइड्रोपावर लिमिटेड सकारात्मक सकिर्टका सार्थ सर्वाधिक नाफा कमाउनेमा रहेको छ भने घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेडले सर्वाधिक गुमाएको छ । कारोबारका आधरमा आज नेपाल इन्सयोरेन्स को–लिमिटेड प्रोमोटर सेयर ५८ करोड ४५ लाख ६१ हजार ४ सय रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।

आइतबार बजार पूँजीकरण ३० खर्ब ९ अर्ब रुपैयाँ रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर