पाँचथरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु – Nepal Press

पाँचथरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

पाँचथर । पाँचथरको फिदिम नगरपालिका ११ अम्बके भीरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा फिदिम नगरपालिका-१ का ६५ वर्षीया मायादेवी कार्कीको मृत्यु भएको प्रहरीले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी मिलन थापाका अनुसार स्कुटरका चालक उनका श्रीमान् होमकर्ण कार्की गम्भीर घाइते छन् ।

हेमकर्णले चलाएको प्रदेश ०१–०३–००१ प ५२७१ नम्बरको स्कुटरमा नाङ्गिनदेखि फिदिम आउने क्रममा फिदिम ११ अम्बके भीरमा अनियन्त्रित भएर दुर्घटना भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *