कैलालीमा नदीमा डुबेर दुई बालिका बेपत्ता

२०८० साउन २७ गते १८:१९

सांकेतिक तस्विर
धनगढी । कैलालीमा नदीमा डुबेर शुक्रवार दुई बालिका बेपत्ता भएका छन् ।
जिल्लाको गौरीगंगा नगरपालिका–८ बडैपुर शिविरमा बस्दै आएका शेरबहादुर बोहराकी ९ वर्षीया छोरी मुना बोहरा र सोही शिविरमा बस्दै आएका रमेश ओलीका १० वर्षीया छोरी गौरी ओली बेपत्ता भएका हुन् ।
घरमा कसैलाई जानकारी नगराई हराएको खबर प्राप्त भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । दुवै बालिकाको खोजी कार्य भइरहेको सूचना अधिकारी शिवराज जोशीले बताए ।
प्रतिक्रिया
सम्बन्धित खवर