शिक्षा ऐन जारी नभएको भन्दै ८ विद्यार्थी संगठन आन्दोलित – Nepal Press

शिक्षा ऐन जारी नभएको भन्दै ८ विद्यार्थी संगठन आन्दोलित

काठमाडौं । सरकारले शिक्षा ऐन जारी गर्न नसकेको भन्दै विभिन्न ८ विद्यार्थी संगठन आन्दोलित भएका छन् । माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले संयुक्त विद्यार्थी संगठनको गम्भीर ध्यानाकर्षण भएको भन्दै सशक्त आन्दोलन गर्न सहमत भएका हुन् ।

अखिल (क्रान्तिकारी) का प्रवक्ता उपदेश यादवले विभिन्न माग राख्दै पवन कार्की नेतृत्वको अखिल (क्रान्तिकारी), नेत्र चापागाईं नेतृत्वको नेसवियू, मिलन राई, नेतृत्वको अखिल (क्रान्तिकारी), मनिष भट्टराई नेतृत्वको अनेवियू, करण बुढा क्षेत्री नेतृत्वको वैसविसं, विवेक शाह नेतृत्वको आम विद्यार्थी मोर्चा, सुमित मिश्रा नेतृत्वको विद्यार्थी जनमत संघ, पवित्रा आचार्य नेतृत्वको अखिल पाँचौँ ले संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलन गर्ने सहमति गरेको बताए ।

संघर्षका कार्यक्रमहरू २०८० श्रावण २८ गते दिउँसो २:०० बजे माइतीघर मण्डलामा हुने ‘सडक पत्रकार सम्मेलन’ मार्फत सार्वजनिक गरिने प्रवक्ता यादवले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर