मायादेवी मन्दिर जीर्णोद्धारमा उपाध्यक्ष ल्हारक्यालले ७ करोड दिने, सरकारको पैसा नलिने कोषको निर्णय – Nepal Press

मायादेवी मन्दिर जीर्णोद्धारमा उपाध्यक्ष ल्हारक्यालले ७ करोड दिने, सरकारको पैसा नलिने कोषको निर्णय

काठमाडौं । भगवात गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा अवस्थित मायादेवी मन्दिर जीर्णोद्धार तथा विस्तारका लागि लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डा. ल्हारक्याल लामाले ७ करोड रुपैयाँ व्यक्तिगत रुपमा उपलब्ध गराउने भएका छन् ।

विकास कोषको शुक्रबर बसेको बैठकमा बौद्ध धर्म दर्शनका प्रवर्तकसमेत रहेका डा. लामाले नेपाल सरकारको आर्थिक सहयोगविना र दाताहरुको सहयोगमा मायादेवी मन्दिर जीर्णोद्धारको प्रस्ताव राखेका थिए ।

उपाध्यक्ष लामाको प्रस्तावबमोजिम कोषको बैठकले सो प्रस्ताव अर्को बैठकमा पेश गरी स्वीकृत भएपछि मायादेवी मन्दिर जीर्णोद्धार कोष खडा गर्ने र त्यसमा उपाध्यक्षबाट ७ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय भएको हो ।

हाल मायादेवी मन्दिर जीर्ण भएकाले पानी चुहिने अवस्था छ । कुनै पनि बेला मन्दिर भत्किन सक्ने जोखिममा रहेकाले कोष खडा गरेर यसको जीर्णोद्धार गरिने उपाध्यक्ष लामाले बताए । यसमा सरकारको पैसा लिइने छैन ।

बैठकले कोषको सम्पर्क कार्यालय काठमाडौंमा राख्न अर्को बैठकमा प्रस्ताव पेश गर्ने निर्णयसमेत गरेको छ ।

विवादस्पद व्यक्तिलाई नियुक्त गरेको भनेर केही व्यक्तिले विरोध गरेपनि डा.ल्हारक्यालले पहिलो निर्णयबाटै आफूले लुम्बिनीको विकास तथा सुधारमा योगदान थालेका छन् । बुद्धका अनुयायी भएका कारण पनि उनले अहिलेसम्म कसैले गर्न नसकेको व्यक्तिगत योगदानमात्र गरेका छैनन्,वर्षौंदेखि अलपत्र परेको मायादेवी जिर्णोद्दारको सुनिश्चित समेत गरेका छन् ।

डा.ल्हारक्यालले लुम्बिनीलाई दिनेबाहेक लिने नियत नरहेकाले यहाँको बजेटका सदुपयोग हुने र विकासले पूर्णता पाउने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *