म्याद थप गर्न लगिएका कांग्रेस सांसद शर्माले भने- ममाथि प्रहरीबाट दुईपटक हातपात भयो – Nepal Press

म्याद थप गर्न लगिएका कांग्रेस सांसद शर्माले भने- ममाथि प्रहरीबाट दुईपटक हातपात भयो

काठमाडौं । नक्कली प्रमाणपत्र प्रकरणमा सीआइबीले पक्राउ गरेका कांग्रेस सांसद सुनिल शर्माले आफूमाथि प्रहरीबाट हातपात भएको बताएका छन् ।

म्याद थपका लागि सरकारी वकिल कार्यालयबाट बाहिरिने क्रममा सांसद शर्माले आफूमाथि प्रहरीले दुईपटक हातपात गरेको बताए ।

उनले भने,’ममाथि प्रहरीले दुई पटक हातपात गरेको छ । हातपात गर्न मिल्ने हो ? यो कुरा ममाथि भएको छ ।’

सांसद शर्माले आफूमाथि हातपात भएको भनेपछि उनीनिकट कार्यकर्ता आक्रोशित भएर प्रहरीलाई प्रश्न गर्न अघि सरेका थिए । त्यसक्रममा सांसद शर्मालाई प्रहरीले घेरा हालेर भ्यानमा राखी लगेको छ ।

सांसद शर्मामाथि हातपात भएको विषयमा आफूलाई थाहा नभएको सिआइबी प्रमुख किरण बज्राचार्यले बताइन् । उनले त्यस्तो हुन नसक्ने दावी गरिन् ।


प्रतिक्रिया

One thought on “म्याद थप गर्न लगिएका कांग्रेस सांसद शर्माले भने- ममाथि प्रहरीबाट दुईपटक हातपात भयो

  1. काजिले पुलिस लगाएर रिस फेरेजस्तो छ । सुन त काजि समेतको सेटिङ्ममा आएको प्रमाणित हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *