राष्ट्रियसभामा सत्तापक्ष र प्रतिपक्ष उठेर अवरोध, अध्यक्षले भने- यसैगरी मिलेर हाउस चलाउन सघाउनुस् (भिडिओ) – Nepal Press

राष्ट्रियसभामा सत्तापक्ष र प्रतिपक्ष उठेर अवरोध, अध्यक्षले भने- यसैगरी मिलेर हाउस चलाउन सघाउनुस् (भिडिओ)

साउन ३१ सम्मलाई बैठक स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आन वनप राष्ट्रियसभाको बैठक अवरोध गरेका छन् । दलीय आधारमा नेताहरू बोलिसकेपछि एमाले सांसदहरूले अवरोध गरेका थिए ।
सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले सदन अवरोध गर्दै आइरहेको छ ।

एमालेका सांसदलाई बोल्न दिन लाग्दा सत्तापक्षका सांसदहरूले उठेर विरोध जनाएका थिए ।

दुवैतर्फबाट सांसदहरू उठेपछि अध्यक्ष गणेश तिमिल्सिनाले यसैगरी मिलेर हाउस चलाउन सघाउन आग्रह गरे । उठेरै संसद चलाउने भए पछि पछि गाह्रो पर्ने भन्दै सांसदहरूमाथि व्यंग्य गरे ।

सत्ता र प्रतिपक्ष सांसदहरू उठिरहेपछि अध्यक्ष तिमल्सिनाले साउन ३१ गते बुधबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी बैठक स्थगित गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर