घोराही सिमेन्टको आईपीओ नेप्सेमा सूचीकृत, पहिलो कारोबार कति रुपैयाँमा हुन्छ ? – Nepal Press

घोराही सिमेन्टको आईपीओ नेप्सेमा सूचीकृत, पहिलो कारोबार कति रुपैयाँमा हुन्छ ?

काठमाडौ । घोराही सिमेन्टको आईपीओ नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । जीसीआईएल संकेतबाट घोराही सिमेन्टको शेयर कारोबार हुनेछ ।

आज कम्पनीको ३ करोड ९७ लाख १९ हजार ६ कित्ता शेयर सूचीकृत भएको हो । नेप्सेमा शेयर सूचीकृत भएपछि अब लगानीकर्ताले आइतबारबाट यी शेयर खरिद बिक्री गर्न सक्नेछन् ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि २२६.६१ देखि ६७९.८३ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको छ । यस रेन्जको जुनसुकै मूल्यमा पहिलो कारोबार हुनेछ । नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको रेन्ज तोक्ने गरेको छ ।

कम्पनीले सर्वसाधारणलाई अंकित मूल्य १०० मा ३३५ प्रिमियम थपेर प्रतिशेयर ४३५ रुपैयाँमा शेयर निष्काशन गरेको हो । कम्पनीले सर्वसाधारणलाई कुल ६९ लाख ११ हजार ६७० कित्ता शेयर निष्कासन गरेको थियो । मागभन्दा ज्यादा आवेदन पर्दा पनि घोराहीले आईपीओ भर्ने समय थप गरेपछि आईपीओमा फर्जी आवेदन भेटिएको थियो ।

कम्पनीले जेठ ३२ गतेदेखि सर्वसाधारणलाई शेयर निष्कासन गरेको थियो । नेपाल धितोपत्र बोर्डको निर्देशनमा असार ४ देखि कम्पनीको आईपीओ स्थगित भएको थियो । पछि पुनः आवेदन दिएको आईपीओ रद्द गर्न तथा कित्ता थपघट गर्न सक्ने विकल्पसहित आईपीओ खुलाइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर