कांग्रेस संसदीय दल समितिको बैठक आह्वान – Nepal Press

कांग्रेस संसदीय दल समितिको बैठक आह्वान

काठमाडौं। प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसको संसदीय दलको समितिको बैठक बोलाइएको छ ।

पार्टी सभापति तथा दलका नेता शेरबहादुर देउवाले संसदीय दलको समिति बैठक बोलाएका हुन् ।

देउवा निवासमा बिहीबार अपराह्न ४ बजे बस्ने गरी बोलाइएको समिति बैठकमा सदनको गतिरोध अन्त्य लगायतका समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

समितिमा नेता देउवासहित, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, प्रमुख सचेतक रमेश लेखक र सचेतकमा सुशीला थिङ छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर