पक्राउ पूर्जी जारी भएका आरके अदिप्त गिरी र पर्वतका पत्रकारबीच सहमति, मुद्दा फिर्ता लिइने – Nepal Press

पक्राउ पूर्जी जारी भएका आरके अदिप्त गिरी र पर्वतका पत्रकारबीच सहमति, मुद्दा फिर्ता लिइने

पोखरा । जिल्ला प्रहरी कार्यालय पर्वतबाट पक्राउ पूर्जी जारी भएका आरके अदिप्त गिरी र पर्वतका पत्रकारहरुबीच सहमति भएको छ ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको रोहोबरमा उनीहरु सहमति भएको हो । सहमतिअनुसार आरके अदिप्त गिरीविरुद्धको मुद्दा बिहीबार फिर्ता लिने सहमति भएको पत्रकार महासंघ गण्डकी प्रदेश समितिका एक पदाधिकारीले बताए ।

‘पत्रकार पत्रकार भिड्नु हुदैन भनेर प्रदेश समितिको रोहवरमा दुबै पक्षलाई छलफल गरायौं, भोलि मुद्दा फिर्ता लिने सहमति भएको छ’, ती पदाधिकारीले भने ।

पत्रकारविरूद्ध फेसबुकमा स्टाटस लेखेको आरोपमा पर्वतका लेखक तथा अभियन्ता गिरीविरुद्ध मंगलबार पक्राउ पूर्जी जारी गरिएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *