राष्ट्रिय सभा बैठकमा पनि एमालेको अवरोध – Nepal Press

राष्ट्रिय सभा बैठकमा पनि एमालेको अवरोध

काठमाडौं । नेकपा एमालेको अवरोधका कारण बुधबार पनि राष्ट्रियसभाको बैठक प्रभावित भएको छ ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन आयोग गठन गर्नुपर्ने भन्दै एमाले सांसदहरुले उठेर विरोध जनाएपछि कार्यसूचीमा प्रवेश नगरि बैठक स्थगीत भएको हो । एमाले सांसदहरुले बैठकको आकस्मीक समयमा बोल्ने क्रमम भने अवरोध गरेका थिएनन् ।

आकस्मीक समयपछि अन्य कार्यसूची अघि बढाउन खोज्दा एमालको सांसदहरुले विरोध जनाएका हुन् । एमाले सांसदले उठेर विरोध जनाएपछि सत्ता पक्षका सांसदहरुले सहज रुपमा सभा सञ्चालन हुनुपर्ने र सवैले बोल्न पाउनुपर्ने भन्दै विरोध गरेका थिए ।

त्यसअघि बैठकमा एमाले सांसद बिमला घिमिरेले सुन प्रकरणमा सरकारको छानविन समितिले अनुसन्धानलाई निष्कर्षमा पुराउन नसक्ने भएकाले उच्चस्तरीय छानविन आयोग गठन हुनुपर्ने जिकिर गर्नुभयो । सांसद घिमिरेले सत्तापक्षकै सांसदले सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको संलग्नता रहेको र अनसन बस्छु भनेर बोलेको धारणा राखेपछि कांग्रेस सांसद रमेशजंग रायमाझीले आपत्ती जनाउनुभएको थियो । रायमाझीले बोल्दै नबोलेको कुरालाई प्रतिपक्षीले आरोप लगाएको भन्दै रेकर्ड खोलेर हेर्न माग गरे ।

सत्तपक्ष र प्रतिपक्षी सांसदहरुबीच वाद–प्रतिवाद भएपछि राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले सहज रुपमा बैठक सञ्चानल गर्न आग्रह गरेका थिए। राष्ट्रियसभाको अर्को बैठक साउन २६ गते शुक्रबार बोलाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर