सुजुकीको मनसुन फ्री सर्भिस क्याम्प सुरु, ४ जना ग्राहकलाई होलिडे प्याकेज ! – Nepal Press

सुजुकीको मनसुन फ्री सर्भिस क्याम्प सुरु, ४ जना ग्राहकलाई होलिडे प्याकेज !

काठमाडौं । नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले मनसुन फ्री सर्भिस क्याम्प सुरु गरेको छ ।

आज श्रावण २४ देखि २६ गतेसम्म हुने क्याम्पमा ४ जना ग्राहकले चितवनस्थित टाइगर ल्यान्ड सफारी रिसोर्टमा होलिडे प्याकेज पनि जीत्न सक्ने व्यवस्था गरिएको छ ।

गाडीलाई राम्रो अवस्थामा राखिराख्न संचालन गिरएको क्याम्प अवधिभर सुजुकीका ग्राहकले निशुल्क एसी/ हिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउनेछन् ।

एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा ५० प्रतिशत, लेवर चार्जमा २० र एसोसरिजमा, स्पेयर पार्टस् र इन्जिन आयलमा १० प्रतिशत छुट पाउनेछन् ।

देशकै ठूलो सर्भिस सञ्जाल रहेको सुजुकीको मनसुन फ्री सर्भिस क्याम्प’ नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर