बचत फिर्ता गर्न नसक्ने अवस्थाका सहकारीको विवरण प्रदेशले विभागमा पठाएनन् – Nepal Press

बचत फिर्ता गर्न नसक्ने अवस्थाका सहकारीको विवरण प्रदेशले विभागमा पठाएनन्

काठमाडौं । सहकारी विभागले उजुरी गुनासो परेका सहकारीको विवरण पठाउन साउन १७ गते नै सबै प्रदेशलाई ताकेता गरेपनि कुनै पनि प्रदेशले सोको विवरण पठाएका छैनन् ।

प्रदेश सहकारी रजिष्ट्रार कार्यालयको क्षेत्राधिकार भित्र रहेका र सबैभन्दा बढी उजुरी तथा गुनासो परेको सहकरीको विवरण पठाउन साउन २२ गतेसम्मको समय विभागले दिएको थियो । पछिल्लो समय सहकारीले बचत फिर्ता गर्न नसकेको उजुरी व्यापक आउन थालेपछि कुन-कुन सहकारी त्यस्तो अवस्थामा छन् भन्ने जानकारीका लागि विभागले विवरण मागेको थियो ।

विभागका सुचना अधिकारी टोलराज उपाध्यायले हालसम्म विवरण प्राप्त नभएको बताएका छन् । विवरण नहुँदा कति सहकारी बचत फिर्ता गर्नै नसक्ने अवस्थामा छन् भन्ने यकिन गर्न समस्या भएको उनले बताए ।

सहकारी बचतकर्ताको माग सरकारले सम्बोधन गर्ने आश्वासन दिएपछि अहिले उनीहरुले आन्दोलन स्थगित गरेका छन् । सरकारले दिएको सोही आश्वासन पूरा गर्न विभागले देशभर बचत फिर्ता गर्न नसकेको सहकारीको यकिन विवरण संकलन गर्ने उदेश्यले ताकेता गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर