एमालेको अवरोधपछि संसद् बैठक २६ गतेसम्म स्थगित (भिडिओ) – Nepal Press

एमालेको अवरोधपछि संसद् बैठक २६ गतेसम्म स्थगित (भिडिओ)

काठमाडौं । प्रतिनिधिसभा बैठकमा नेकपा एमालेले अवरोध कायमै राखेपछि २६ गतेसम्मका लागि स्थगित गरिएको छ ।

आज बसेको बैठकमा एमालेले नाराबाजी गरेपछि स्थगित गरिएको हो ।

बैठक सुरु हुने बित्तिकै एमाले सांसद सूर्य थापाले पार्टीको धारणा राख्दै थिए । सत्तापक्षका सांसदले उठेर त्यसको विरोध जनाए ।

सभामुखले थापालाई समय सकिएको बताएपछि एमालेका अरू सदस्यहरू उठेर नाराबाजी गर्दै बेल घेर्न पुगे ।

त्यसपछि सभामुखले बैठक स्थगित गरेका हुन् ।


प्रतिक्रिया

One thought on “एमालेको अवरोधपछि संसद् बैठक २६ गतेसम्म स्थगित (भिडिओ)

  1. संसदको काम नै छैन । अर्थमन्त्री, प्रधानमन्त्री र देउवाको जिल्लामा ५८% वजेट हालेको भनेर कोकोहल गर्दा समेत संशोधन नै नगरी बजेट पास हुन्छ भने यस्तो निकम्मा संसद किन चाहियो ? भातीयलाई सजिलै नागरिकता दिने विधेयक पास हुने देशघाती संसद किन चाहियो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर