एमालेलाई गृहमन्त्रीको आग्रह- तस्करीको नेक्ससलाई तोड्नैपर्छ तर प्लिज डिरेल गर्ने काम नगरौं (भिडिओ) – Nepal Press

एमालेलाई गृहमन्त्रीको आग्रह- तस्करीको नेक्ससलाई तोड्नैपर्छ तर प्लिज डिरेल गर्ने काम नगरौं (भिडिओ)

‘सिआईबीको अनुसन्धान हेरौं, शंका रहे नयाँ शिराबाट सोच्न सकिन्छ’

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठल सरकारको पहिलो कार्यभार सुन तस्करीमा संलग्नतालाई कारबाही गर्नु भएको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा एमालेले उठाएको प्रश्नको जवाफ दिँदै यसमा यताउता हुनै नसक्ने बताए । उनले विमानस्थलको सुधारको आवश्यक भएको उल्लेख गर्दै दोषीलाई कारबाही गर्ने दाबी गरे ।

उनले सुन तस्करीको ट्रान्जिट नेपाललाई बनाउने प्रयास भइरहेको दाबी गरे ।

उनले भने, ‘सुन काण्डमा संसदीय समिति बनाएको पनि हेर्यौं । त्यसको प्रतिवेदनको कुनै कार्यान्वयन भएन । सरकारले छानबिन समिति बनायो त्यसले ३३ किलो सुन त के एक ग्राम पनि पत्ता लगाउन सकेन । त्यसकारण उच्चस्तरीय छानबिन समिति बनाएर हुन्छ के ? राज्यको संयन्त्रलाई जिम्मा दिएपछि त्यसलाई विश्वास गर्नुपर्छ ।’

अब सिआइबीले काम गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउने विश्वास व्यक्त गरे। सिआईबीको अनुसन्धानमा शंका रहे नयाँ शिराबाट जान सकिने उनले भनाइ छ ।

उनले भने, यो नेक्ससलाई तोड्नैपर्छ । तर, प्लिज, प्लिज यसलाई डिरेल गर्ने काम नगरौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर