एमालेलाई विश्वप्रकाशको प्रश्न- सदन कति दिनलाई खोलेको, सत्तापक्षले बोल्ने थलो रत्नपार्क हो ? (भिडिओ) – Nepal Press

एमालेलाई विश्वप्रकाशको प्रश्न- सदन कति दिनलाई खोलेको, सत्तापक्षले बोल्ने थलो रत्नपार्क हो ? (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदन कति दिनको लागि खोलेको भन्दै प्रश्न गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सुन प्रकरण मात्रै नभएर फाइल पल्टाएर धेरै विषय हेर्न बाँकी रहेको उनले बताए ।

उनले भने, ‘गृहमन्त्रीले यहाँ उभिएर जवाफ दिनुपर्छ भनेर भन्ने कुराको लागि पनि संसदको प्रांगणमा उभिएर भन्नुपर्छ । भनियो संसद प्रतिपक्षको भनेर । प्रतिपक्षको आवाजलाई सुन्नुपर्छ कदर गर्नुपर्छ । प्रतिपक्षले उठाएको प्रश्नलाई राज्यले गम्भिरतापूर्वक लिनुपर्छ । तर, सत्तापक्षका सांसदले बोल्ने थलो चाहिँ रत्नपार्क हो ?’


प्रतिक्रिया

One thought on “एमालेलाई विश्वप्रकाशको प्रश्न- सदन कति दिनलाई खोलेको, सत्तापक्षले बोल्ने थलो रत्नपार्क हो ? (भिडिओ)

  1. सुनतस्कर र भ्रष्टाचारीकन पुच्छरलाई बोल्नु किन पर्यो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर