संसद अवरोध खोल्न एमाले सहमत, सुन तस्करीबारे गृहमन्त्रीको स्पष्टीकरण सुनेपछि थप कदम चाल्ने (भिडिओ) – Nepal Press

संसद अवरोध खोल्न एमाले सहमत, सुन तस्करीबारे गृहमन्त्रीको स्पष्टीकरण सुनेपछि थप कदम चाल्ने (भिडिओ)

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभाको बैठक चल्ने दिने भएको छ । उपप्रधान तथा गृहममन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा उठेका सवालको जवाफ दिने भएपछि एमाले तत्कालका लागि बैठक चल्न दिन सहमत भएको हो ।
बालुवाटारमा भएको तीन दलको शीर्ष नेताहरूको बैठक आज सदन चल्न दिने सहमति भएको एमालेका समेतक महेश बर्तौलाले बताए । उनले आजको बैठकमा गृहमन्त्रीले जवाफ दिने र नेताहरूले पनि आफ्नो कुरा राख्ने बताए ।
गृहमन्त्रीले जवाफ दिँदा आफ्नो माग सम्बोधन नगरेर पुनः सदन अवरोध गर्ने बताए । उनले सरकारले प्रतिपक्षलाई गलाउने नीति लिएको बताए । सरकारले प्रतिपक्ष दलहरूबीच पनि फाटो ल्याउने नीति बनाएको जिकिर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर