शीर्ष नेताहरूको भेटलक्षित भीम रावलको टिप्पणी- जे सहमति गर्‍यो त्यही राज्य सञ्चालनको निर्णय हुन थाल्यो – Nepal Press

शीर्ष नेताहरूको भेटलक्षित भीम रावलको टिप्पणी- जे सहमति गर्‍यो त्यही राज्य सञ्चालनको निर्णय हुन थाल्यो

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले केही दल र नेताहरूले जे सहमति ग¥यो त्यही नै राज्य सञ्चालनको निर्णय नुहुने बताएका छन्।

पछिल्ला केही घटनामा तीन ठूला दलका शीर्ष नेताहरूको सहमति अनुसार चलेपछि उनले यस्तो टिप्पणी गरेका हुन्।

उनले ट्विटरमा लेखेका छन्, ‘राज्य संविधान र कानूनको पद्धति र प्रक्रिया अनुरूप चल्नु पर्ने हो । तर केही दल र नेताहरूले जे सहमति ग¥यो त्यही नै राज्य सञ्चालनको निर्णय हुने, संसद्, सरकार, न्यायपालिका, संवैधानिक निकाय, विश्व विद्यालय देखि राज्यका अनेकौँ स्थानमा दलीय भागबन्डा हुने अनौठो रीति चलाइएको छ ।’

संसद्, सरकार, न्यायपालिका, संवैधानिक निकाय, विश्व विद्यालयदेखि राज्यका निकाय दलीय भागबन्डा हुने अनौठो रीति चलाएको बताए।

राजनीतिक व्यवस्थाको संस्थागत विकास, स्वच्छता र निष्पक्षतामा गम्भीर असर गर्ने उनको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर