एमाले मुख्यालयमा बाढी पस्यो (तस्बिरहरु) – Nepal Press

एमाले मुख्यालयमा बाढी पस्यो (तस्बिरहरु)

काठमाडौं । नेकपा एमाले पार्टी केन्द्रीय कार्यालयमा बाढी पसेको छ ।

मनोहरा नदीमा उर्लिएको बाढीका कारण ललितपुर च्यासलस्थित एमाले मुख्यालय डुबानमा परेको हो । एमाले उपमहासचिव विष्णु रिमालले पार्टी कार्यालयलाई बाढीले क्षति पुर्‍याएको भन्दै तस्बिर र भिडिओ सामाजिक सञ्जालमा राखेका छन् ।

गएरातिदेखिको झरीले काठमाडौं उपत्यकाका अधिकांश ठाउँ जलमग्न छन् । बागमती, विष्णुमती, मनोहरा, हनुमन्तेलगायतका खोला तथा नदीमा बहाव बढेको छ । अहिले बिस्तारै वर्षा भने रोकिँदै गएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर