कालिखोलामा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
२०८० साउन २३ गते ७:०६
![](https://www.nepalpress.com/wp-content/uploads/2023/08/narayangadh-mugling.jpg)
चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।
इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार आज बिहान लेदोसहितको पहिरो खसेसँगै सडक दुईतर्फी अवरुद्ध भएको छ ।
पहिरो पन्छाउन तयारी भइरहेको उनले जानकारी दिए ।
पहिरोका कारण सडक अवरुद्ध भएसँगै सो सडक भएर गुड्ने सवारीसाधन अलपत्र परेका छन् । यस सडक खण्डमा पटक–पटक पहिरो खस्दै आएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर