सुन तस्करी छानबिनमा एमालेको अडान कायमै, सभामुखसहित शीर्ष नेता पुन: छलफलमा – Nepal Press

सुन तस्करी छानबिनमा एमालेको अडान कायमै, सभामुखसहित शीर्ष नेता पुन: छलफलमा

काठमाडौं । सदनको अवरोध खुलाउनेबारे प्रमुख दलका शीर्ष नेता र प्रमुख सचेतकसहित सभामुख पुन: छलफलमा जुटेका छन् । यसअघि सिंहदरबारमा बसेको बैठक निष्कर्षविहीन टुंगिएको थियो । नेताहरू पुन: बस्ने गरी उठेका थिए ।

नयाँ बानेश्वरमा रहेको संसद भवनस्थित सभामुखको कार्यकक्षमा बैठक जारी छ । बैठकमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, दलका प्रमुख सचेतक र सचेतक सहभागी छन् ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले एक क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको अडानलाई कायमै राखेको छ । प्रधानमन्त्री प्रचण्ड भने समिति बनाउन तयार नभएको एमाले सचेतक महेश बर्तौलाले बताए ।

प्रधानमन्त्रीले गठबन्धनमा छलफलका लागि एक घण्टाको समय मागेका थिए ।

आज १ बजेका लागि बोलाइएको बैठक ४ बजेसम्मको लागि सूचना टासेर स्थगित गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर