संसदको अवरोध हटाउन शीर्ष नेताहरुसँग छलफल गर्दै सभामुख – Nepal Press

संसदको अवरोध हटाउन शीर्ष नेताहरुसँग छलफल गर्दै सभामुख

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बोलाएका छन् । बैठक सभामुखको कार्यकक्षमा दिउँसो १२ बजे बोलाइएको हो ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै तीनै पार्टीका प्रमुख सचेतक वा सचेतक सहभागी हुनेछन् ।

साउन १० गते बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख विपक्षी दलले सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै बैठक अवरुद्ध गरेपछि त्यसपछिका दुई वटा बैठक सूचना टाँसेर स्थगित भएका छन् ।

सदनको अवरोध हटाउन सभामुखले साउन १५ र १६ गते प्रधानमन्त्री र विपक्षी दलका नेतासँग दुई–दुईपटक टेलिफोन संवाद गरेका थिए । प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरूसँग विभिन्न चरणमा ६ पटक भन्दा बढी छलफल गरेका छन् ।

आइतबार सिंहदरबारमा प्रमुख सचेतकहरूसँग छलफल गरेका सभामुखलाई सदनको अवरोध खुलाउन शीर्ष नेताकै तहमा बैठक बस्नुपर्ने सुझाव नेताहरूले दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर