अरुण पूर्वका ९ जिल्लामा बन्द आह्वान, सार्वजनिक यातायात प्रभावित – Nepal Press

अरुण पूर्वका ९ जिल्लामा बन्द आह्वान, सार्वजनिक यातायात प्रभावित

विराटनगर । विभिन्न पार्टी र समूहले गरेको बन्दका कारण अरुण पूर्वका नौ जिल्लाको सार्वजनिक यातायात प्रभावित बनेको छ ।

बन्दका कारण लामो तथा छोटो दुरीका सवारीका सामान कम मात्रमा चलेका छन् ।

राष्ट्रिय जनमुक्ति पार्टी, सङ्घीय लिम्बुवान पार्टी नेपाल सङ्घीय खम्बुवान लोकतान्त्रिक पार्टी लिम्बुवान राष्ट्रिय समिति (लो.स.पा) ,किराँत खम्बुवान राज्य परिषद् किराँत लिम्बुवान राज्य परिषद् लिम्बुवान राष्ट्रिय मोर्चा लगायतका पार्टी र समूहले बन्दको आह्वान गरेका हुन ।

वि.स. १८३१ साल श्रावण २२ गते लालमोहर सन्धि गरी लिम्बुवानलाई वृहत् नेपालमा गाभिएको भन्दै विरोधमा बन्द आयोजना भएको हो ।

अरुण पूर्वका नौ जिल्ला लिम्बुवान हुनुपर्ने ती पार्टी र समूहको माग छ । विसं. १८१४ साल श्रावण १८ गते लिम्बुवान र गोर्खा बिच भएको ताम्र पत्र सन्धि भएको थियो । सन्धि धोकापूर्ण भएको ठहर गर्दै लिम्बुवान राज्य खोसिएको उक्त दिनलाई कालो दिनको रूपमा मनाउने गरेका छन् ।

धरानमा बन्दकर्ताहरू सडकमा निस्किएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर