माओवादी बैठक समापनमा गुन्जियो नारा- श्रद्धेय अध्यक्ष कमरेड प्रचण्ड ! ‘लाल सलाम, लाल सलाम’ (भिडिओ) – Nepal Press

माओवादी बैठक समापनमा गुन्जियो नारा- श्रद्धेय अध्यक्ष कमरेड प्रचण्ड ! ‘लाल सलाम, लाल सलाम’ (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय समितिको बैठकबाट पार्टीभित्रका नेताहरूबीच भएको एकअर्काप्रतिको आशंका अन्त्य भएको दाबी गरेका छन् ।

पार्टी केन्द्रीय समिति बैठकको समापनमा बोल्दै अब पार्टी एकढिक्का भएको बताए ।

उनले भने, ‘यो बैठकपछि हामी भन्न सक्छौं एकढिक्का भएका छौं। हामी कुनैपनि खालको विधि र पद्धतिभन्दा बाहिर जानेछैनौं । पार्टीको मुख्य नेतृत्वको वरिपपिर भएर सरकारले थालेका सकारात्मक कामहरू जनतासम्म स्थापित गरेर र यो परिवर्तनको स्वामित्व लिनेगरी जनतामा जान एकमत भएको छौं ।’

जनताको भावनालाई जस्तोसुकै त्याग र बलिदान गर्न तयार भएको पार्टी भएको बताए । बीचमा केही अलमलिएको भएपनि अब एकढिक्का भएर अघि बढ्ने बताए ।

बैठकको अन्तिम घडीमा महासचिव देव गुरुङले दुईदुई पटक नारा लगाएर साथ दिन अनुरोध गर्दै श्रद्धेय अध्यक्ष कमरेड प्रचण्ड !‘लाल सलाम लाल सलाम’ भन्दै टुंग्याए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर