चौथो त्रैमासमा एनआईसी एशिया बैंकको १० प्रतिशत खुद नाफा आर्जन – Nepal Press

चौथो त्रैमासमा एनआईसी एशिया बैंकको १० प्रतिशत खुद नाफा आर्जन

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आ.व. २०७९/८० को चौथो त्रैयमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

आइतबार बैंकले सार्वजनिक गरेको विवरणअनुसार चौथो त्रैयमास सम्ममा बैंकले २७१.५९ अर्ब रुपैयाँ कूल कर्जा विस्तार पुर्याएको छ भने कूल निक्षेप संकलन ३१४.३१ अर्ब रुपैयाँ गरेको छ । बैंकले ४.६५ अर्ब खुद नाफा अर्थात १० प्रतिशत आर्जन गरेको छ ।

यसैगरी, बैंकको स्व-पूँजीमा प्रतिफल १७.०७ प्रतिशत रहेको छ । वार्षिक प्रति शेयर आम्दानी ४०.२२ आर्जन गरेको छ जुन बाणिज्य बैंकहरूमध्येमा सर्वाधिक रहेको बैंको दाबी छ ।

त्यस्तै, बैंकले करिब ८८ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ । साना तथा मझौला कर्जा लगानीमा मुलुकका समग्र वाणिज्य बैंकहरू भन्दा बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान छ ।

बैंकले देशभर ६ लाखबढी नयाँ ग्राहकहरू थप गर्दै ३६० शाखा कार्यालयहरू, ५५९ एटिएम, १११ वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहित शाखा सञ्जालमार्फत ३८ लाखबढी ग्राहकहरुमा सेवा दिदै आइरहेको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

देशको कूल जनसंख्याको ८० प्रतिशत भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर