एक वर्षमा नेपालमा १३१ विदेशी नागरिक पक्राउ, कुन देशका कति ? – Nepal Press

एक वर्षमा नेपालमा १३१ विदेशी नागरिक पक्राउ, कुन देशका कति ?

जेलमा छन् १३ सय बढी विदेशी

काठमाडौं । पछिल्लो एक वर्षमा नेपालभर विभिन्न कसुर गरेको आरोपमा १३१ जना विदेशी नागरिक पक्राउ परेको पाइएको छ ।

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार पक्राउ पर्नेमा सबैभन्दा बढी नागरिक चीनका छन् । चीनमा ४२ नागरिक पक्राउ परेका छन् ।

ठगीमा ९, अवैध मुद्रामा २, अभद्र व्यवहारमा ५, ओभर जबर्जस्ती करणीमा २, संगठित अपराधमा ५ र अवैध औषधीमा ८ जना पक्राउ परेका छन् । चीनपछि दोस्रो बढीमा अमेरिका र श्रीलंकाका १२÷१२ जना नागरिक विभिन्न कसुरमा पक्राउ परेका छन् ।

पछिल्लो एक वर्षमा बंगलादेशका ९, फ्रान्सका ३, थाइल्यान्डका ६, बेलायतका ३, दक्षिण कोरियाका २, पाकिस्तानका ३, रुसका १, अस्ट्रेलियाका १, भुटानका ५, बेलारुसका २, जर्मनीका ३, टर्कीका १, दक्षिण अफ्रिकाका १, सुडानका २, किर्गिजस्थानका २, मौरिससका १, अर्जेन्टिनाका २, इटालीका ३, ग्रिसका १, युक्रेनका ३, युगान्डाका १, केन्याका १, मोल्डोभाका १, यमनका १, श्रीलंकाका १२ र चेक गणतन्त्रका २ जना पक्राउ परेका छन् ।

यसअघि आर्थिक वर्ष ०७७/७८ मा २८ र ०७८/७९ मा ७७ जना विदेशी पक्राउ परेका थिए ।

१३८१ जना विदेशी कैदीबन्दी जेलमा

कारागार व्यवस्थापन विभागले असार मसान्तको तथ्यांकअनुसार देशभर एक हजार ३८१ जना विदेशी कैदीबन्दी कारागारमा रहेको जनाएको छ ।

देशभरका कारागारमा २७ हजार ४९३ कैदी बन्दी रहेकामा २६ हजार ११२ जना नेपाली छन् । कारागारमा रहेकामध्ये १५ हजार ८४२ जना कैदी छन् भने ११ हजार ६५१ जना थुनुवा रहेका छन् ।

कैदीमध्ये १५ हजार ६३ पुरुष र ७७९ महिला छन् । यस्तै, थुनुवामध्ये १० हजार ८८६ पुरुष र ७६५ महिला छन् । बाल सुधार गृहमा ५८५ कैदी बालक, २० जना कैदी बालिका, ५०० जना थुनुवा बालक र २२ जना थुनुवा बालिका रहेका छन् । नेपालका जेलमा रहेका विदेशीमा भारतीय रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *