अन्तर्राष्ट्रिय शिक्षा प्रदायक आइप्यानको अध्यक्षमा लक्ष्मण केसी चयन – Nepal Press

अन्तर्राष्ट्रिय शिक्षा प्रदायक आइप्यानको अध्यक्षमा लक्ष्मण केसी चयन

काठमाडौं । अन्तर्राष्ट्रिय शिक्षा प्रदायक संस्था (आइप्यान)को अध्यक्षमा लक्ष्मण केसी निर्वाचित भएका छन् ।

शुक्रवार सम्पन्न साधारणसभाले प्रेसिडेन्सियल कलेजका संस्थापक समेत रहेका केसीलाई निर्विरोध अध्यक्ष चयन गरेको हो ।

कार्य समितिको निवर्तमान अध्यक्षमा समीर थापा छन् भने वरिष्ठ उपाध्यक्षमा मिथिलेश कुमार झा चयन भएका छन् ।

त्यस्तै उपाध्यक्षमा विज्ञान श्रेष्ठ,महासचिवमा रेष्टा झा, सचिवमा रितल राणा र कोषाध्यक्षमा शैलजा अधिकारी चयन भएका छन् ।

कार्य समितिमा सदस्यमा तेज ढकाल, योगेश उप्रेती, प्रभिना थापा र रवि फुयाँल रहेका छन् । कार्य समिति सल्लाहकार पंकज जला र समीर थापा चयन भएका छन् ।

उक्त संस्थामा हाल ८६ वटा कलेज रहेको र ती कलेजमा २८ हजार विद्यार्थी अध्ययनरत रहेको अध्यक्ष केसीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *