वाणिज्य महासंघको नयाँ समितिकाे १०० दिन पूरा, यस्तो छ प्रगति विवरण (पूर्णपाठ) – Nepal Press

वाणिज्य महासंघको नयाँ समितिकाे १०० दिन पूरा, यस्तो छ प्रगति विवरण (पूर्णपाठ)

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यकारिणी समितिको १०० दिन पूरा भएको छ । समितिले आफ्नो कार्यकालको १०० दिनको प्रगति विवरण सार्वजनिक गरेको छ ।

समितिले सरकारको राजश्व करिब १३ प्रतिशत घटेको छ भने पछिल्लो वर्षभरी नै सात प्रतिशत हाराहारी मुल्यवृद्धि रहेको उल्लेख गर्दै देशको आर्थिक संकट समाधानका उपायहरुका निम्ति महासंघ लागिरहेको र लागिरहने उल्लेख गरेको छ ।

नयाँ कार्यसमिति र अध्यक्ष चन्द्रप्रसाद ढकालले कार्यभार सम्हाल्नेबित्तिकै राष्ट्रिय सभाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संशोधित विधेयक पारित गरेको जसमा निजी क्षेत्रलाई पनि समावेश गर्ने विषयको विरोध गरिएको विवरणमा उल्लेख छ । त्यस्तै, यस विषयमा प्रधानमन्त्रीसहित विपक्षी दलका नेताहरुलाई महासंघले ध्यानाकर्षण गराएको पनि प्रगति विवरणमा जनाइएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ र इन्टरनेशनल फाइनान्स कर्पाेरेशनले पहिलोपटक नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान विषयक एक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।

प्रतिवेदनले अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१.५ प्रतिशत देखाएको छ । यसले रोजगारी राजश्व लगायतमा निजी क्षेत्रको योगदान पनि देखाएको जनाउँदै महासंघले जुन अहिले धेरै तिर प्रयोग भैरहेको छ । यो निजी क्षेत्रको सम्मान बढाउन र निजी क्षेत्रमैत्री नीति तर्जुमा गर्न महत्वपूर्ण दस्तावेज बन्ने दाबी गरेको छ ।

यस्ताे छ पूर्णपाठ:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर