‘सोल्टी राजा’को म्युजिक भिडियो सार्वजनिक – Nepal Press

‘सोल्टी राजा’को म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । भ्याली फिल्मस् एकेडेमीको सहकार्यमा पुनम भाइन्सको प्रस्तुति रहेको ‘सोल्टी राजा’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

सामाखुशीमा आयोजित एक कार्यक्रमबीच नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का र निर्देशक÷नायक प्रीतम गुरुङले म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।

गीतमा पुनम गुरुङले स्वर भरेकी छन् । शब्द र संगीत मीन गुरुङको रहेको छ । गुरुङले म्युजिक भिडियोमा अभिनय पनि गरेका छन् । जारी, कबड्डी ४ की नायिका मिरुना मगर, शेरबहादुर गुरुङलगायतले पनि म्युजिक भिडियोमा अभिनय गरेका छन् ।

सुरुमा नृत्यमा रुचि राख्ने पुनम विगत १० वर्षदेखि गायन क्षेत्रमा सक्रिय छिन् । दुई दर्जनभन्दा बढी गीत गाइसकेकी पुनमले जानकारी गराइन् । तनहुँमा जन्मेकी पुनमले मलेसिया र हङकङमा प्रस्तुति दिइसकेकी छन् । अब पुनम अर्को प्रस्तुतिका लागि शुक्रबार यूके जाँदैछिन् ।

निर्देशकमा खेलकुद पृष्ठभूमिका भुपेन्द्र गुरुङ, कोरियोग्राफरमा मनाङ गुरुङ तथा इडिटरमा बन्दे प्रसाद रहेका छन् । कार्यक्रममा म्युजिक भिडिओमा संलग्न टीमलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर