माओवादी बैठकमा प्रस्ताव- केन्द्रीय समितिको संख्या घटाऔं, विशेष महाधिवेशनमा जाऔं – Nepal Press

माओवादी बैठकमा प्रस्ताव- केन्द्रीय समितिको संख्या घटाऔं, विशेष महाधिवेशनमा जाऔं

काठमाडौं । नेकपा माओवादी केन्द्रको बैठकमा विधान सम्मेलन भन्दापनि विशेष महाधिवेशनमा जान प्रस्ताव भएको छ ।

काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा जारी केन्द्रीय समिति बैठकको स्थायी समिति सदस्य जयपुरी घर्तीले विशेष महाधिवेशनमा जानु उपयुक्त हुने बताइन् ।

उनले भनिन्, ‘विधान संशोधन गरे केन्द्रीय समितिको संख्या घटाउनुपर्छ। विधान सम्मेलनभन्दा विशेष महाधिवेशन जानु उपयुक्त हुन्छ ।’

हिजोबाट जारी केन्द्रीय समितिको बैठकमा अहिले नेताहरुले धारणा राख्ने क्रमम जारी छ । बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले चालेको कामप्रति समर्थन जनाएका छन्। तर, सरकारको कामको प्रशंसा गरेपनि नेताहरुले पार्टी नेतृत्वमाथि प्रश्न उठाइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर