चीनमा १४० वर्ष यताकै भीषण वर्षा, बाढीका कारण जनजीवन प्रभावित (भिडिओ) – Nepal Press

चीनमा १४० वर्ष यताकै भीषण वर्षा, बाढीका कारण जनजीवन प्रभावित (भिडिओ)

काठमाडौं । चीनको हेबेई प्रान्तमा वर्षापछि आएको बाढीका कारण जनजीवन प्रभावित बनेको छ ।

पछिल्ला केही दिन यता हेबेई प्रान्तमा १४० वर्ष यताकै बढी वर्षा हुँदा जनजीवन प्रभावित भएको हो । उत्तरी चीनको हेबेई प्रान्तको बाढी प्रभावित शहरमा १ हजारभन्दा बढी उद्धार टोलीले अहिले उद्धारका कार्य गरिरहेको सिन्ह्वाले जनाएको छ ।

शहरको पूर्वी भागमा भने स्थिति सामान्य सुधार भएको तर शहरको पश्चिमी भागहरूमा बाढी जारी रहेकाले उद्धार कार्य भइरहेको छ ।

शनिबार बिहान ८ बजेदेखि मङ्गलवार बिहान ११ बजेसम्म झुओझोउमा औसत वर्षा ३ सय ५५ दशमलव १ मिलिमिटर पुग्नेगरी भारी वर्षा भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

बेइजिङ मौसम विज्ञान विभागका अनुसार आँधीसहित चाङपिङको वाङ्जियायुआन जलाशय आसपासको क्षेत्रमा ७४४ दशमलव ८ मिलिमिटर वर्षा भएको थियो । सन् १८९१ मा ६०९ मिलिमिटर पानी परेको थियो ।

चीनको राजधानी र आसपासका क्षेत्रमा शनिवारदेखिको मुसलधारे वर्षाबाट १३ करोड चिनियाँ प्रभावित भएका छन् भने राजधानी बेइजिङ र छिमेकी हेबेई प्रान्तमा ९ लाख ७४ हजार ४ सय जना बिस्थापित भएका छन् ।

सिन्ह्वा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर