नारायणीमा हाम फालेर महिलाको ज्यान गयो – Nepal Press

नारायणीमा हाम फालेर महिलाको ज्यान गयो

चितवन । चितवनको नारायणी पुलबाट नदीमा हाम फालेर एक महिलाको ज्यान गएको छ ।

आज बिहान करिब ७ः४० बजेको समयमा भरतपुर महानगरपालिका–३ स्थित नारायणी नदीमा हाम फालेकी महिलाको उपचारको क्रममा ज्यान गएको हो ।

उनलाई नदीमा हाम फालेको देखेपछि प्रहरीले अचेत अवस्थामा उद्धार गरेको थियो ।

अन्दाजी ४५ वर्षकी महिलाको उपचारको क्रममा चितवन मेडिकल कलेजमा बिहान साढे ८ बजे ज्यान गएको चितवनका प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए ।

उनको पहिचान भने अझै नखुलेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *