नक्कली लालपुर्जा दिने टोल विकास संस्थाका कागजात नियन्त्रणमा – Nepal Press

नक्कली लालपुर्जा दिने टोल विकास संस्थाका कागजात नियन्त्रणमा

रुपन्देही । बुटवल उपमहानगरपालिकाले नक्कली लालपुर्जा दिने र गैरकानुनी रुपमा रकम संकलन गर्ने टोल विकास संस्थाका कागजात नियन्त्रणमा लिएको छ ।

बुटवल- ११ न्यु दुर्गानगर टोल विकास संस्थाले जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको र रकम संकलन गरेको सूचनाका आधारमा मंगलबार दिउँसो पुगेको उपमहानगरको टोलीले नक्कली लालपुर्जा, रकम संकलन गरेका रसिद, जग्गा रजिष्ट्रेशन किताब र अन्य सामग्री नियन्त्रणमा लिएको हो ।

टोल विकास संस्थाले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर काम गरेको र अवैध रुपमा लालपुर्जा वितरण गर्ने र रकम संकलन गर्ने काम गरेकाले सबै कागजात अनुसन्धानका लागि नियन्त्रणमा लिएको भू-उपयोग तथा भूमि व्यवस्थापन शाखाका उपनिर्देशक विजयदेव भुर्तेलले जानकारी दिए ।

उनका अनुसार टोल विकास संस्थाको क्षेत्राधिकार बाहिर गएर जग्गासम्बन्धी काम गरेको पाइएकाले संस्थालाई आवश्यक कारबाही गरिनेछ ।

संस्थाले लालपुर्जाका नाममा १ हजार र अन्य शुल्कहरु लिँदै आएको स्थानीय ललिता गुरुङले बताइन् । उनका अनुसार लालपुर्जा पाउने भन्दै स्थानीयलाई शुल्क तिर्न बाध्य बनाइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *