वर्ल्डलिंकले गेमिङ प्याकेज सार्वजनिक गर्दै – Nepal Press

वर्ल्डलिंकले गेमिङ प्याकेज सार्वजनिक गर्दै

काठमाडौं । वर्ल्डलिंकले पब्जीसँगको सहकार्यमा नयाँ गेमिङ प्याकेज सार्वजनिक गर्ने तयारी गरेको छ ।

इ-स्पोर्टस् समूदायलाई लक्षित गर्दै इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले गेमिङ प्याकेज ल्याउन लागेको हो ।

प्याकेज ‘प्रो गेमिङ वाईफाई सिक्स’ राउटरको साथमा उपलब्ध हुने बताइएको छ । जसले गर्दा इ-स्पोर्टसमा अहिले देखिएको लेटेन्सीको समस्या सम्बोधन हुने कम्पनीको विश्वास छ ।

गेमिङ प्याकेज साउन १८ गते बिहिबार राति ८ बजे भर्चुअल रुपमा सार्वजनिक गर्ने तयारी रहेको वर्ल्डलिंकले जनाएको छ। कम्पनीका अनुसार पब्जीसँगको सहकार्यमा नेपालमै पहिलोपटक यस्तो प्याकेज ल्याउन लागिएको हो ।

मोबाइल गेमिङ समूदायका लागि प्रतिक्षित मानिएको उक्त प्याकेज केहि इ(स्पोर्टस् खेलाडिले परिक्षणका रुपमा प्रयोग गर्दै आएका र प्याकेज प्रयोग गर्दा पब्जीको लेटेन्सी एकदमै न्युन पाएको खुलासा गिएको कम्पनीले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर