ओलीको प्रश्न- क्वीन्टलका क्वीन्टल सुन तस्करी हुँदा कांग्रेस किन चुप ? (भिडिओ) – Nepal Press

ओलीको प्रश्न- क्वीन्टलका क्वीन्टल सुन तस्करी हुँदा कांग्रेस किन चुप ? (भिडिओ)

एमाले तयार हुँदा पनि सरकारले सभामुखलाई दबाबमा पारेर सदन चल्न नदिएकाे आरोप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुखलाई बाध्य पारेर सरकारले सदन चल्न नदिएको आरोप लगाएका छन् ।

तुल्सीलाल अमात्यको २६ औं स्मृति दिवसका अवसरमा बुधबार एमाले मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले एमाले सदन चलाउन तयार हुँदा पनि सरकारले सभामुखलाई सूचना टाँसेर बैठक स्थगित गर्न दवाव दिएको आरोप लगाएका हुन् ।

उनले सुन तस्करी प्रकरणमा सदनमा सांसदहरुले आवाज उठाउने भएकाले सरकार डराएको जिकिर गरे ।

सरकारले नै सदनको अवरोध हटाउन नचाहेपनि बालुवाटारमा भएको सहमति संसदमा आउँदा एमालेले छाड्यो भनेर भ्रम फैल्याइएको उनले बताए ।

ओलीले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन नमानेर नाइकेलाई बचाउने प्रयास भएको उल्लेख गरे ।

आफुहरु सरकारले बनाएको छानबिन समितिको विरोधमा नभएको तर अर्को निष्पक्ष छानविन समिति बनाउनुपर्नेमा जोड रहेको उनले बताए । अध्यक्ष ओलीले क्विन्टलका क्विन्टल सुन तस्करी हुदा पनि कांग्रेसले केही नबोल्नु अचम्म भएको बताए ।

सुन तस्कारीको छानविन गर्न नसक्ने पारदर्शीताको कुरा गर्न नसुहाउने उनले बताए ।


प्रतिक्रिया

One thought on “ओलीको प्रश्न- क्वीन्टलका क्वीन्टल सुन तस्करी हुँदा कांग्रेस किन चुप ? (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर