एमालेसँगको एकतालाई सुदृढ गर्न नसकेको प्रचण्डको स्वीकारोक्ति (भिडिओ) – Nepal Press

एमालेसँगको एकतालाई सुदृढ गर्न नसकेको प्रचण्डको स्वीकारोक्ति (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्र र जनताको पक्षमा आफूहरू निरन्तर खडा हुँदै आएको बताएका छन्।

पार्टी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै गठबन्धनको नेतृत्वमा पार्टीले सरकारको नेतृत्व गर्दा सकारात्मक र रचनात्मक काम गरेको दाबी गरे।

उनले भने, ‘राष्ट्र र जनताको पक्षमा, सामाजिक न्याय र सुशासनको पक्षमा नयाँ संकल्पको साथ अगाडि बढ्ने पहल गरिरहेका छौँ। यो बैठकले ती कामलाई व्यवस्थित र प्रभावकारी बनाएर राष्ट्र र जनताको आवश्यकता अनुसार अगाडि बढ्न अझ सहज वातावरण बनाउने विश्वास व्यक्त गरेको छौँ।’

देशमा राष्ट्रिय एकतालाई सुदृढ बनाउनुपर्ने आवश्यक भएको बताए।

उनले भने, ‘हामी पार्टीले आफ्नो कमीकमजोरीलाई स्वीकार्न डराउँदैन। कमीकमजोरीलाई इमान्दारितासाथ स्वीकार्ने, आत्मालोचना गर्ने र तीनलाई हटाउनको लागि संकल्प गर्दै आइरहेका छन्। हामीबाट केही कमजोरी भएका छन्। हामीले पार्टी एकतालाई निरन्तर सुदृढ गर्न सकेनौँ। विभाजनको पीडाबाट हामी गुज्रिनुपर्‍यो। अहिले फेरि नयाँ एकताको प्रयासमा जाँदैछौं।’

विकास र परिमार्जनसहित समाजवादी मोर्चा हुँदै पार्टी एकताको जमर्कोसम्म गरेको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर