गोकुलेश्वर कृषि क्याम्पस सुप विश्वविद्यालयको आंगिक बनेपछि डिलासैनी कांग्रेसद्वारा आभार व्यक्त – Nepal Press

गोकुलेश्वर कृषि क्याम्पस सुप विश्वविद्यालयको आंगिक बनेपछि डिलासैनी कांग्रेसद्वारा आभार व्यक्त

बैतडी। बैतडीको डिलासैनी गाउँपालिका ६ मा रहेको गोकुलेश्वर कृषि तथा पशु विज्ञान क्याम्पस सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस बनेको छ ।

मंगलवार बसेको सिनेट बैठकले क्याम्पसलाई सुप विश्वविद्यालयको आङ्गिक बनाउने निर्णय गरेको हो ।

गोकुलेश्वर कृषि क्याम्पस आङ्गिक भएपछि नेपाली कांग्रेस डिलासैनी गाउँ कार्यसमितिले आभार व्यक्त गरेको छ ।

पालिका सभापति जयानन्द जोशीले लामो प्रयासपछि कृषि क्याम्पस आंगिक बनाउन सफल भएको बताए ।

सुप विश्वविद्यालयको आंगिक क्याम्पस बनेपछि उनले भने, ‘शैक्षिक धरोहरलाई सफलताको यस उचाइमा पुर्‍याउन डिलासैनीका जनताले निर्वाह गरेको भूमिका र योगदान अतुलनीय छ । हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ ।’

जोशीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यो पवित्र कार्यमा सहयोग गर्नु हुने नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री एवम् सुदूरपश्चिम विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल (प्रचण्ड), नेपाली काँग्रेस सभापति एवम् सम्माननीय पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेत माननीय रमेश लेखक, र सुदूरपश्चिम प्रदेश सरकारका माननीय मुख्यमन्त्री कमल बहादुर शाह, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अमर राज जोशी एवम् विश्वविद्यालय परिवारप्रति हार्दिक आभार व्यक्त गर्दछौँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *