स्टार्टअप फन्डको घोषणा, १० लाखसम्मको लगानी पाइने – Nepal Press

स्टार्टअप फन्डको घोषणा, १० लाखसम्मको लगानी पाइने

काठमाडौं । युवाहरूलाई उद्यमशील बनाउने र उनीहरूको नविनतम सोचलाई यथार्थमा बदल्ने उद्देश्यसहित धनगढीको एसपीए कलेजले ‘एसपीए स्टार्टअप फन्ड’ को घोषणा गरेको छ ।

नव–प्रवर्तनलाई प्रोत्साहन गर्ने लक्ष्यसहित कलेजले १० लाख रुपैयाँको स्टार्टअप फन्डको घोषणा गरेको हो ।

नवीन सोच, योजना, सपना र आइडियाहरूलाई यथार्थमा बदल्न उक्त कोषले मद्दत गर्ने फन्डका संयोजक मनोज भट्टले बताए ।

एसपीए कलेजमा अध्ययनरत कुनै पनि विद्यार्थीले आफ्नो स्टार्टअप योजनाका लागि आवश्यक लगानी जुटाउन फन्डमा आवेदन दिन सक्नेछन् ।

आवेदन दिएमा मध्ये कुनै एक प्रस्तावले आवश्यकताअनुसार १० लाख वा १० लाख बराबरका एक भन्दा बढी प्रस्तावहरूले रकम पाउन सक्नेछन् ।

स्टार्टअपका लागि आगामी भदौ २५ गतेसम्म कलेजमा रहेको एसपीए इक्युबेसन सेन्टरको सचिवालय वा इमेलमा प्रस्तावना पठाउन सकिनेछ ।

कुनै नयाँ विकास वा आविष्कारका लागि पनि फन्ड उपलब्ध हुनेछ । यस कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ ।

सुदूरपश्चिममा आफ्ना विद्यार्थीका लागि स्टार्टअप फन्ड स्थापना गर्ने एसपीए पहिलो कलेज समेत हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर