यी हुन् कांग्रेसले ७७ जिल्लामा खटाएका प्रतिनिधि, प्रदेशको नाम किन गरियो अस्वीकार ? (सूचीसहित) – Nepal Press

यी हुन् कांग्रेसले ७७ जिल्लामा खटाएका प्रतिनिधि, प्रदेशको नाम किन गरियो अस्वीकार ? (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको वार्षिक कार्य योजना पारित भएलगत्तै पहिलो चरणमा संगठन सुदृढीकरण अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि घटाएको छ ।

केन्द्रीय कार्यालयले साउन २० देखि ३० गतेसम्मको अवधि तोकेर जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको हो ।

यस क्रममा बैठक, भेलाहरू गर्ने, रिपोर्टिङ लिने र आन्तरिक विवाद समाधानदेखि क्रियाशील सदस्यता वितरण तथा नवीकरणलगायतका काम हुने बताइएको छ ।

केन्द्रीय प्रतिनिधिहरूले दोस्रो चरणको अभियानमा पनि जिल्लामा बसेर अनुगमन गर्ने बताइएको छ । यस क्रममा गाउँ गाउँमा सेवा दल गठन हुनेछन् ।

कांग्रेसले ७७ जिल्लामा प्रतिनिधि खटाउँदा अधिकांश प्रदेको नामको अस्तित्व नै अस्वीकार गरेकोमा केन्द्रीय सदस्यहरूले आश्चर्य व्यक्त गरेका छन् ।

केन्द्रीय कार्यालयले जारी गरेको सर्कुलरमा गण्डकी,कर्णाली र सुदूरपश्चिमबाहेक अन्य प्रदेशको नाम राखिएको छैन ।

यसलाई केन्द्रीय कार्यालयले भने प्राविधिक गल्ती भएको जनाएको छ ।

यस्तो छ केन्द्रीय प्रतिनिधिहरूको जिम्मेवारी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर