यस्तो छ आज विदेशी मुद्राको विनिमय दर – Nepal Press

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज डलरको खरिद दर १३१ रुपैयाँ ३२ पैसा र बिक्री दर १३१ रुपैयाँ ९२ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ २४ पैसा र बिक्री दर १४४ रुपैयाँ ९० पैसा रहेको छ।

हिजो डलरको खरिद दर १३१ रुपैयाँ ३० पैसा र बिक्री दर १३१ रुपैयाँ ९० पैसामा तथा युरो एकको खरिद दर १४४ रुपैयाँ ८९ पैसा र बिक्री दर १४५ रुपैयाँ ५५ पैसामा कारोबार भएको थियो ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ १९ पैसा र बिक्री दर १६८ रुपैयाँ ९६ पैसामा कारोबार गर्ने अनुमति पाउँदा अस्ट्रेलियन डलर एकको खरिद दर ८७.११ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.५१ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ २ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४८ पैसामा कारोबार हुनेछ ।

जापनिज येन १० को खरिदमा ९ रुपैयाँ २ पैसा र बिक्रीदर ९ रुपैयाँ २४ पैसामा कारोबार हुँदा दक्षिण कोरिया वन १०० को खरिदमा १० रुपैयाँ २१ पैसा र बिक्रीदर  १० रुपैयाँ २५ पैसा कायम गरिएको छ ।

यसै गरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०४ पैसा र बिक्री दर ३६ रुपैयाँ २० पैसामा कारोबार गर्न सकिने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.० रुपैयाँ रहेको छ भने बिक्री दर ३५.१६ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिद दर २९.६ रुपैयाँ रहेको छ भने बिक्री दर २९.२६ रुपैयाँ तथा कुवेती दिनार १ को खरिदमूल्य ४२७.७ पैसा  विक्रीदर ४२९.२ पैसामा कारोबार गर्न सकिने जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर