कुवेत सिटीका लागि श्रम सहचारीको आवेदन खुला – Nepal Press

कुवेत सिटीका लागि श्रम सहचारीको आवेदन खुला

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली राजदूतावास कुवेत सिटीका लागि श्रम सहचारीका लागि आवेदन खुला गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै कर्मचारीलाई ३५ दिनभित्र आफ्नो व्यक्तिगत विवरण उल्लेख गरेर तोकिएको ढाँचामा आवेदन दिन भनेको हो ।

‘काउन्सेलर (श्रम) तथा श्रम सहचारी छनोट तथा नियुक्ति सम्बन्धी कार्यविधि तथा मापदण्ड-२०७३’ अनुसार योग्यता पुगेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तथा मन्त्रालय अन्तरगत कार्यरत शाखा अधिकृतले आवेदन दिन सक्नेछन् ।

नेपाली राजदूतावास कुवेत सिटीमा कार्यरत श्रम सहचारी यमकुमार अधिकारीको दुई वर्षे कार्यकाल अबको तीन दिन भित्र अर्थात साउन १९ गते सकिन लागेकाले मन्त्रालयले नयाँ श्रम सहचारी नियुक्त गर्नका लागि सूचना जारी गरेको हो ।

मापदण्ड अनुसार मन्त्रालय तथा मन्त्रालय अन्तर्गत विगत एक वर्षदेखि निरन्तर कार्य गर्दै आएको शाखा अधिकृत, वरिष्ठतम र अंग्रेजी भाषाको दक्षता भएको व्यक्ति योग्य मानिन्छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तथा तथा मन्त्रालय अन्तर्गत कार्यरत कर्मचारीले श्रम सहचारी कुरेर बस्ने गर्दछन् ।

मन्त्रालयमा कार्यरत शाखा अधिकृत उषा थपलिया, गिरीराज आचार्य र मन्त्रालय अन्तरगतको वैदेशिक रोजगार बोर्डमा कार्यरत कल्पना रेग्मी सम्भावित बलिया उम्मेदवार मानिन्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *