सुनचाँदी कारोबारका लागि कार्यविधिको बनाउन पहल – Nepal Press

सुनचाँदी कारोबारका लागि कार्यविधिको बनाउन पहल

काठमाडौं । सुनचाँदी कारोबार सम्बन्धी कार्यविधि वनाउने विषयमा सुनचाँदी व्यवसाय क्षेत्रमा आवद्ध तीनवटै महासंघबीच छलफल भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघ सम्मिलित संयुक्त कार्यदलले तीनैवटा महासंघको संयुक्त पहलमा कार्यविधि वनाउने विषयमा पहल भएको हो । कार्यदलले विगत लामो समयदेखि यो पहल गर्दै आएको छ ।

सुनचाँदी व्यवसाइलाई व्यवस्थित र प्रभावकारीरुपमा सञ्चालन गर्न सहयोग पुर्याउने उदेश्यले यो पहल सुरु गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बताए ।

काठमाडौंमा मंगलबार सम्पन्न तीन महासंघको संयुक्त कार्यदलको बैठकले सरकारी निकायसँग आवश्यक परामर्श गर्दै व्यवसायमैत्री कार्यविधि निर्माणमा जुट्ने प्रतिविद्धता जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर