बैंक तथा वित्तीय संस्थाप्रति गुनासो बढ्न थालेपछि राष्ट्र बैंकले भन्यो- सेवामा चित्त नबुझे हामीलाई भन्नुस् – Nepal Press

बैंक तथा वित्तीय संस्थाप्रति गुनासो बढ्न थालेपछि राष्ट्र बैंकले भन्यो- सेवामा चित्त नबुझे हामीलाई भन्नुस्

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले दिने सेवामा चित्त नबुझे जानकारी गराउन भनेको छ ।

गुनासोको प्रकृति अनुसार केन्द्रीय बैंकले निर्देशन दिने बताएको छ ।

केन्द्रीय बैंकले छुट्टै गुनासो सुनुवाइ महाशाखा स्थापना गरेको छ । जसमा वरिष्ठ डेपुटी गभर्नरको अध्यक्षतामा व्यवसायी, बैंकर तथा अर्थ मन्त्रालयको प्रतिनिधि रहेको गुनासो व्यवस्थापन समिति छ ।

सो समितिले ग्राहकको गुनासोको प्रकृतिका आधारमा सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिने केन्द्रीय बैंकले भनेको छ ।

यस्तै बैंक तथा वित्तीय संस्थाबाट सबै किसिमका सेवा लिइरहेका वा लिन चाहेका ग्राहकको हित संरक्षणका लागि पनि ती संस्थामा गुनासो सुन्ने अधिकारीको व्यवस्था गरेको छ ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको सेवामा चित्त नबुझेपछि गुनासाहरू धेरै आउन थालेको छ ।

विशेष गरी बैंकको ब्याजदर, उनीहरूले लिने सेवा शुल्क, ऋणीहरूलाई दिने टर्चर जस्ता विषयमा गुनासो बढ्दै गएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर