कांग्रेस काम गर्ने पार्टी हो, पार्टीभित्र एकअर्कालाई होच्याउने काम बन्द गरौं : प्रवक्ता महत – Nepal Press

कांग्रेस काम गर्ने पार्टी हो, पार्टीभित्र एकअर्कालाई होच्याउने काम बन्द गरौं : प्रवक्ता महत

काठमाडौं । अर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस काम गर्ने पार्टी भएको बताएका छन् । नुवाकोट कांग्रेसका खीर खाने र चियापान कार्यक्रमलाई सम्बोधन गर्दै अरुले कुरामात्रै गर्ने गरेको टिप्पणी गरे ।

उनले भने, ‘कांग्रेस काम गर्ने पार्टी हो । तर, हामी प्रचार गर्दैनौं। हामी प्रचार गर्छौ एकअर्काको कमीकमजोरीबारे मात्रै । अहिले सामाजिक सञ्जाल छँदैछ सजिलै जहाँतहीँ पुग्छ । सामाजिक सञ्जालमा एकअर्कालाई होच्याउने काम बन्द गरौं । पार्टीको मिटिङबाट कामको बारेमा निर्णय गरेर जनताको बीचमा लैजाऔं ।’

उनले अरुको तुलनामा सरकारले गर्व गर्ने काम गरेको जिकिर गरे । बैठकमा पनि भित्र एउटा कुरा गर्ने बाहिर अर्को कुरा अन्त्य गर्नको लागि बैठक लाइभ गरेको बताए । तर, उनले अहिले आवश्यक ठानेर बैठक लाइभ गरेको भएपनि सधैं नहुनपनि सक्ने उनको भनाइ छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर