कांग्रेसपछि माओवादीले पनि केन्द्रीय समिति बैठक लाइभ गर्ने – Nepal Press

कांग्रेसपछि माओवादीले पनि केन्द्रीय समिति बैठक लाइभ गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक लाइभ गर्ने भएको छ।

सोमबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले बैठक लाइभ गर्ने निर्णय गरेको सचिव डिलाराम आचार्यले बताए।

उनले भने, ‘१७ गतेबाट बस्ने बैठकको हाम्रो पार्टीले आधिकारिक ढंगबाट लाइभ गर्छ। बैठकको सुरुआतदेखि अन्त्यसम्म सबै बैठक लाइभ गर्ने निर्णय भएको छ।’

केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नका लागि बालुवाटारमा आज पदाधिकारी बैठक बसेको थियो।

यसअघि नेपाली कांग्रेसले पनि केन्द्रीय समितिको बैठक लाइभ गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर