अदालतको अपहेलनामा काठमाडौंका प्रहरी प्रमुख कार्की र एसपी बस्नेतलाई सर्वोच्चको क्षमादान – Nepal Press

अदालतको अपहेलनामा काठमाडौंका प्रहरी प्रमुख कार्की र एसपी बस्नेतलाई सर्वोच्चको क्षमादान

काठमाडौं । अदालतको अपहेलना मुद्दामा दोषी ठहर भएका तत्कालीन डीएसपी (हाल एसपी) रमेश बस्नेतले क्षमादान पाएका छन् । यस्तै काठमाडौं जिल्ला प्रहरी परिसर प्रमुख दानबहादुर कार्कीलाई पनि क्षमादान दिइएको छ ।

क्षमादानका लागि परेको निवेदनमा आइतबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको संयुक्त इजलासले उक्त आदेश गरेको हो ।

अदालतको अपहेलना मुद्दामा दोषी ठहर भएकाले क्षमादानको निवेदन दिएको खण्डमा क्षमादान हुनसक्ने व्यवस्थालाई टेकेर सर्वोच्चले आदेश गरेको हो ।

यसअघि उनीहरुलाई १५ दिन कैद र ५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाइएको थियो । अदालतको आदेश नटेरेको भन्दै जगतमाया श्रेष्ठले सर्वोच्च अदालतमा अदालतको अपहेलनासम्बन्धी रिट दायर गरेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *