बाघ दिवस : बर्दियाको बाघचोकमा निकालियो र्याली

२०८० साउन १३ गते १४:४८

रुपन्देही । बर्दियामा विश्व बाघ दिवस–२०२३ मनाइएको छ । दिवसको अवसरमा शनिवार ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वारामा र्याली निकालिएको छ ।
बाघ चोकबाट निस्किएको बाघ संरक्षण सचेतना र्याली नगरका विभिन्न स्थानको परिक्रमा गर्दै बर्दिया राष्ट्रिय निकुञ्जमा पुगेर समापन भएको थियो ।
बर्दिया राष्ट्रिय निकुञ्जको आयोजनामा भएको निकालिएको र्यालीमा विद्यार्थी, पर्यटन व्यवसायी, संरक्षणकर्मी, स्थानीयवासी, कर्मचारीलगायतको सहभागिता रहेको थियो ।
त्यसअघि ठाकुरद्वारास्थित चोकमा निर्माण गरिएको बाघको सालिकमा बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख अशोक भण्डारीलगायतले पूजा गरेका थिए ।
प्रतिक्रिया