कांग्रेसका नेताहरूलाई निधीको रात्रिभोज

२०८० साउन १२ गते ६:५८

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले रात्रिभोजको आयोजना गरेका छन् ।
केन्द्रीय समिति बैठकको मेसो पारेर निधीले बिहीबार साँझ रात्रिभोजको आयोजना गरेका हुन् । कार्यक्रमलाई ‘केन्द्रीय कार्यसमितिको सम्मानमा मैत्रीपूर्ण रात्रिभोज’ को नाम दिइएको थियो ।
रात्रिभोजमा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति, महामन्त्री, पदाधिकारी तथा केन्द्रीय सदस्य, पार्टीका मन्त्री, सांसदलगायत उपस्थित थिए ।
कार्यक्रममा सभापति देउवाले रात्रिभोज आयोजनाप्रति नेता निधीलाई धन्यवाद दिए ।
प्रतिक्रिया
सम्बन्धित खवर