मिटर ब्याजसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पुनः पारित भएपछि प्रमाणीकरणका लागि बाटो खुल्यो – Nepal Press

मिटर ब्याजसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पुनः पारित भएपछि प्रमाणीकरणका लागि बाटो खुल्यो

काठमाडौं । राष्ट्रियसभाबाट मिटरब्याज सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ राष्ट्रिय सभाबाट पुनः पारित भएको छ।

सभाका सचिव डा सुरेन्द्र अर्यालले टेबुल गरेको विधेयक सर्वसम्मत पारित भएको हो। सो विधेयक राष्ट्रियसभामै उत्पत्ति र पारित भएको थियो भने प्रतिनिधिसभाले गत असार ३१ गते संशोधनसहित विधेयक पारित गरेको थियो ।

राष्ट्रियसभाबाट संशोधन स्वीकार गरेपछि विधेयक प्रमाणीकरणका लागि बाटो खुलेको छ।

अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी अध्यादेशको अवधि सकिएकाले पीडितको न्यायका लागि अर्को केही नेपाल ऐन संशोधनका रूपमा विधेयक ल्याउनुपरेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बताए।

अनुचित लेनदेनलाई कानुनको दायरामा ल्याउन विधेयकको अत्यावश्यकता रहेको स्पष्ट गर्दै उनले आगामी दिनमा अध्यादेशको अवधि हुँदै प्रतिस्थापन विधेयक ल्याउने विश्वास दिलाए।

अब राष्ट्रिय सभाको अर्को बैठक साउन १८ गते बिहीबार अपराह्न १ः०१ बजे बस्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर