अस्कलका स्ववियु सभापति जैशीविरुद्ध बैंकिङ कसुरमा पक्राउ पुर्जी जारी – Nepal Press

अस्कलका स्ववियु सभापति जैशीविरुद्ध बैंकिङ कसुरमा पक्राउ पुर्जी जारी

काठमाडौं । अमृत साइन्स क्याम्पस (अस्कल)का स्वतन्त्र विद्यार्थी युनियनका सभापति प्रेम जैशीविरुद्ध बैंकिङ कसुरमा पक्राउ पुर्जी जारी भएको छ ।

काठमाडौं जिल्ला अदालतले जैसीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

जैसीविरुद्ध महानगरीय प्रहरी वृत्त बानेश्वरमा जाहेरी दर्ता भएको थियो । अछामको घोडासैनी स्थायी घर भएका २६ वर्षीय जैसीविरुद्ध बैंकिङ कसुरमा जाहेरी परेको थियो । उनीविरुद्ध विक्रम थापाले जाहेरी दिएको बुझिएको छ ।

एक महिनाअघि नै काठमाडौं जिल्ला प्रहरी परिसरमा जाहेरी परे पनि हालसालै बानेश्वर वृत्तले दर्ता गरेर प्रक्रिया अगाडि बढेको हो ।

उनी गत स्ववियु चुनावमा गठबन्धनको तर्फबाट अखिल क्रान्तिकारीको उम्मेदवार बनी स्ववियु सभापति निर्वाचित भएका थिए । जैशीले ५ लाख रुपैयाँको चेक दिए पनि नसाटिएपछि थापाले बाउन्स गरेर प्रहरीमा जाहेरी दिएका थिए ।


प्रतिक्रिया

One thought on “अस्कलका स्ववियु सभापति जैशीविरुद्ध बैंकिङ कसुरमा पक्राउ पुर्जी जारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर